नवलपरासीमा वन सम्बर्द्धन प्रणालीमा आधारित कार्यक्रमले वन सुधारिँदै
वन सम्बर्द्धन प्रणाली कार्यक्रम वारे जानरकारी नभएकाले वन सकाए भनेर बुझेका छन् । तर यो कार्यक्रमले वनलाई मास्नु भन्दा पनि उन्नत जातका विरुवा उत्पादन गर्नु हाे
नवलपरासी । पश्चिम नवलपरासीमा वन सुधारका लागि ‘वन सम्बर्द्धन प्रणाली कार्यक्रम’ लागु गरिएको छ । .jpg)
जिल्लामा रहेको ६१ सामुदायिक वन मध्ये ३५ वटा सामुदायिक वनमा उक्त कार्यक्रम लागु गरिएको नवलपरासी वन कार्यालयका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानरकारी दिनुभएको छ । यस्ले वनलाई दिगो रुपमा संरक्षण, व्यवस्थापन र उत्पादन बढाउनमा सहयोगन पुग्ने उहाँले भन्नुभयो ।
वन सम्बर्द्धन प्रणाली कार्यक्रम अन्तर्गत ३ वटा काम गरिने उहाँले भन्नुभयो । पहिलो काम पाकेको वालीलाई थन्क्याउने (रुख कटान), कटान भएको ठाउँमा नयाँ विरुवा उत्पादन र उपयुक्त वालीलाई संरक्षण सहितको हुर्काउने काम हुन्छ । यो प्रणालीले वनभित्र राम्रो काठको उत्पादन हुन्छ । र उपभोक्तमा माग पनि बढ्ने उहाँले भन्नुभएको छ ।
वन सम्बर्द्धन प्रणाली कार्यक्रम वारे जानरकारी नभएकाले वन सकाए भनेर बुझेका छन् । तर यो कार्यक्रमले वनलाई मास्नु भन्दा पनि उन्नत जातका विरुवा उत्पादन गर्नु रहेको अधिकृत क्षेत्रीले भन्नुभएको छ । एकैठाँउमा पुरानो र धेरै विरुवा भएपछि ति विरुवाहरुबाट राम्रो काठ उत्पादन नहुने उहाँले भन्नुभयो ।
२०७१ सालमा वैज्ञानिक वन कार्यविधी आएर केहि समय काम भयो । तर २०७५ सालमा त्यो खारेजी भएर वन ऐन २०७६ र वन नियमावली अन्तर्गत ‘वन व्यवस्थापन कार्यविधि २०७९’ लुम्बिनी प्रदेश सरकारले स्विकृत गरेपछि २०७९ देखिनै यो कार्यक्रम लागु भएर चलिरहेको उहाँले भन्नुभएको छ ।
.jpg)
वन सम्बर्द्धन प्रणाली कार्यक्रमले वन सुधार तथा व्यवस्थापनमा टेवा पुगेको मुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेयले बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ दामोदरकुण्डमा रहेको उक्त सामुदायिक वनले वन सम्बर्द्धन प्रणाली कार्यक्रम अन्तर्गत वनलाई सम्बद्र्धन तथा सम्बर्द्धन गर्ने काम गरिरहेको समूहका अध्यक्ष पाण्डेयले भन्नुभएको छ ।
अध्यक्ष पाण्डेयले भन्नुभयो, “हाम्रो सामुदायिक वनमा वन सुधार प्रणाली कार्यक्रम लागुभएपछि नयाँ उम्रेका विरुवामा कुनैपनि किसिमको रोग छैन् । र ति विरुवाहरु एकदमै स्वस्थ देखिएकोले सायद अब उत्पादन हुने काठ राम्रो बजार पाउनेछ ।”
कार्तिक २३, २०८३