अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटायाे, असदमाथिको प्रतिबन्ध कायमै

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 29 views
0 Shares

काठमाडौं, असार १७ । अमेरिकाले सिरियामाथि लगाउँदै आएको थुप्रै प्रतिबन्धहरू हटाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै त्यस्तो प्रतिबन्ध हटाउनु भएकाे हाे ।

Advertisement

सिरियामाथिको प्रतिबन्ध हटाइए पनि पूर्वराष्ट्रपति बसर अल असद, उहाँका निकट सहयोगी तथा परिवारमाथि लगाइएको प्रतिबन्ध भने अहिले पनि जारी छ ।

ह्वाइट हाउस प्रवक्ता क्यारोलिन लेविटले ट्रम्पको उक्त कदमबारे भन्नुभयाे, राष्ट्रपति ट्रम्पले सिरियामा शान्ति र स्थिरता कायम गर्नका लागि यो कदम उठाउनु भएकाे हाे । ‘यो एक प्रतिबद्धता थियो जसलाई पूरा गरिएको छ,’ उहाँले भन्नुभयाे । shilapatra

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: