भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको निधन

१० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशक लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ।

जनविचार

जनविचार

चैत २९, २०८२ 133 views
1 Shares

काठमाडौँ  । भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उहाँको निधन भएको हो। हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभई  उहाँको निधन भएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने छ।

Advertisement

सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी आशा पण्डित दीनानाथ मङ्गेशकरकी तेस्रो सन्तान हुनुहुन्थ्यो। १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशक लामो अवधिमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ। सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्सले उहाँलाई विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गराउने कलाकारको रूपमा मान्यता दिएको थियो।

उहाँको निधनले भारतीय सङ्गीत जगतमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ। भारतीय सङ्गीत जगतको एक विशाल खम्बाका रूपमा परिचित भोसलेले पार्श्व गायनका माध्यमबाट कैयौँ कालजयी गीत सुम्पिनुभएको छ। 

 

लेखक: जनविचार
सेयर गर्नुहोस्: