नवलपरासीमा वन सम्बर्द्धन प्रणालीमा आधारित कार्यक्रमले वन सुधारिँदै

अनिल यादव

अनिल यादव

चैत ६, २०८२ 203 views
0 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा वन सुधारका लागि ‘वन सम्बर्द्धन प्रणाली कार्यक्रम’ लागु गरिएको छ ।

जिल्लामा रहेको ६१ सामुदायिक वन मध्ये ३७ वटा सामुदायिक वनमा उक्त कार्यक्रम लागु गरिएको नवलपरासी वन कार्यालयका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले जानरकारी दिनुभएको छ । यस्ले वनलाई दिगो रुपमा संरक्षण, व्यवस्थापन र उत्पादन बढाउनमा सहयोगन पुग्ने उहाँले भन्नुभयो ।

Advertisement

वन सम्बर्द्धन प्रणाली कार्यक्रमले वन सुधार तथा व्यवस्थापनमा टेवा पुगेको मुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेयले बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ दामोदरकुण्डमा रहेको उक्त सामुदायिक वनले वन सम्बर्द्धन प्रणाली कार्यक्रम अन्तर्गत वनलाई प्रबर्द्धन  तथा सम्बर्द्धन गर्ने काम गरिरहेको समूहका अध्यक्ष पाण्डेयले भन्नुभएको छ ।

ट्यागहरू: वन
लेखक: अनिल यादव
सेयर गर्नुहोस्: