नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्तिचौर स्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थपना गरिएको छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको नेतृत्वमा बसेको बैठकले चैत्र १ गतेदेखि कार्यालय स्थापना गरि कामलाई अगाडि बढाईएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताउनु भएको छ । चैत्र महिनाभरी गणनाका लागि आन्तरीक तयारी पुरा गरिने उहाँले भन्नुभयो । जस्का लागि ७ जना सुपरिवेक्षक र ४८ जना गणक गरी ५५ जना कर्मचारीहरु रहेको भन्नुभयो ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरी दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानोदेखी ठुलो व्यवसायी कहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकहरु संग दुइवटा फारम दिइने गणना अधिकारी भण्डारीले बताउनु भएको छ । जस्मा पहिलो सूचिकरण फारम हुन्छ । भने आर्को मुख्य प्रश्नावली फारम हुन्छ । तर प्रतिष्ठानले पहिलो प्रश्नावली फारम गणकलाई भर्न सहयोग गरेर अर्को दास्रो मुख्य प्रश्नावली आँफैपनि भर्न सकिने उहाँले भन्नुभयो । त्यसका लागि उहाँहरुलाई हामिले युजर आइडि र पासर्वड दिन्छौ र उहाँहरु आफैँ भर्न सक्ने भन्नुभयो ।
कर्मचारी छनोट प्रक्रिया पुरा भएपछि गणनाका लागि खटाइने कर्मचारीहरुलाई ५ दिनको प्रशिक्षणपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्यक्षेत्रमा पठाइने उहाँले भन्नुभएको छ । त्यस्तै यो अभियान सफल पार्नका लागि सरोकारवालाहरु संग जिल्ला स्तरीय अन्तरक्रिया र स्थानीय तहसंग सचेतना गोष्ठी लगायतको कार्यक्रम गरिने भण्डारीले भन्नुभयो ।
जिल्ला समन्वय समितिको मातहतमा रहेको खाली भवनलाई दुइपक्षिय सहकार्य अनुसार ४ महिनाका लागि भवनलाई लिएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले जानकारी गराएको छ ।
कार्तिक २४, २०८३