वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैनः प्रजिअ सुवेदी

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 32 views
0 Shares

वीरगञ्ज, ११ भदौ। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभएको छ ।

Advertisement

केही समय अघि मात्रै जिम्मेवारीमा आउनुभएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।” प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: