नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कार्यक्रममा बोल्दै मन्त्री सारुले खोपको माध्यमबाट रोगहरुलाई नियन्त्रण गर्न अनुरोध गर्नुभएको छ ।
नवलपरासी । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो र देशको छैठौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
सोमबार नवलपरासीको भूमहीमा आयोजित एक कार्यक्रम विच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले जिल्लालाई औपचारिक रुपमा घोषण गर्नु भएको हो । खोप कार्यक्रम अनुसार सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि जिल्ला घोषणा गरिएको खोप समन्य समिति नवलपरासीका अध्यक्ष एंव जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती यादवले बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्त्री सारुले खोपको माध्यमबाट रोगहरुलाई नियन्त्रण गर्न अनुरोध गर्नुभएको छ । विरामी परेपछि विभिन्न उपचारको नाममा हुने खर्चहरुलाई कम गर्न बालबालिकाहरुलाई सबै प्रकारको खोप सुनिश्चितता गरि रोगै लाग्न नदिन उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय मार्पmत खोप तथा संस्थागत सुत्केरी कार्यक्रम, पोषण मैत्री र किशोर–किशोरी मैत्री पालिका जस्ता कार्यक्रममा सहयोग गरी रोगै लाग्न नदिनु रोगको उपचार हो ।”
नेपाली नागरिकहरु नसर्ने रोगबाट ग्रसित हुँदै गएकोले उपचार गर्न नेपालको लागि ठुलौ चुनौति बन्दै गएको उहाँले बताउनुभयो । त्यसैले अस्पतालमा उपकरण भएन, औषधी भएन, चिकित्सक भएन र भौतिक सुविधा भएन भन्नुको साटो जिल्ला स्वास्थ्य कार्यायलहरुको खोप सञ्चालन कार्यक्रमलाई सहयोग गरि रोन लाग्न नदिनु अबको उपचारात्क विधि हुनसक्ने उहाँले भन्नुभयो ।
मन्त्री सारुले भन्नुभयो, “लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मुटु रोगि र मिर्गौला रोगिहरुको उपचारमा सहयोग गर्दै करिब ४५ करोड ४० लाख रुपैयाँ अहिले सम्म खर्च गरेको छ । त्यसैले उपचारलाई खर्चिलो बनाउनु भन्दा रोग लाग्न नदिन काम गर्न आजको आवश्यकता रहेको हो ।”
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले प्रदेश सरकारलाई केही महत्वपूर्ण विषयमा ध्यानकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, अस्पताल भित्र चिकित्सकहरु लाई बस्नका लागि अवास बनाउन एकदमै आवश्यक रहेको छ । विरामीहरुलाई सहज उपचारका लागि चिकित्सकहरुको अवास अस्पताल भित्रै बनाउनुपर्छ । त्यस्तै अहिले प्रदेश सरकारे रेबिजको सुइ उपलब्ध गराउन असमर्थ रहेको कुरामा विशेष ध्यान दिइ प्रदेश सरकारले नै उपलब्ध गराउन उहाँले अनुरोध गर्नुभयो ।
नवलपरासीमा १६ देखि ५९ महिना सम्मका १८ हजार २४४ बालबालिकाहरु पूर्णखोप लगाएका छन् । जस्मा १०५ जना छुटेका थिए र उनिहरुलाई लगाएपछि मात्रै जिल्ला घोषणा गएिको खोप समन्वय समितिका सचिव तथा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाहीले बताउनु भयो । कार्यक्रममा सुनवल नगरपालिका प्रमुख विमला अर्यायल र बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मी लोकनाथ सुनार लगायतले बोल्नु भएको थियो ।
सम्बन्धित समाचार
कोशी प्रदेशका तीन जिल्लामा बर्डफ्लू, कुखुराहरू नष्ट गरियाे
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल
कार्तिक २४, २०८३