हुम्लामा १७ वर्षीया बालिकाले जन्माइन् मृत जुम्ल्याहा शिशु
हुम्ला भदौ ६ । एक जना गर्भवती बालिकाले मृत अवस्थाका जुम्ल्याहा शिशु जन्माउनुभएको छ । चङ्खेली गाउँँपालिका– ६ को मेल्छाम गाउँकी १७ वर्षकी सीता बुढाले ती शिशु जन्माउनुभएको हो ।
दुई दिनअघि बेथा लागेपछि गर्भवती बुढालाई मेल्छाम स्वास्थ्य चौकीमा परिवारका सदस्यहरुले ल्याएको स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताउनुभयो ।
सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भए पनि उपकरणको अभावमा सुत्केरी गराउन नसकिएपछि बेथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकीमा लगिएको हो ।
उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । त्यति नै बेला स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले निज गर्भवतीलाई सुत्केरी गराउन सफल भए पनि मृत अवस्थामा जुम्ल्याहा शिशु जन्मिएको उहाँले बताउनुभयो ।
बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत रहनुभएको छ । बुढाको घर सोही गाउँपालिका– ३ को मेखाला गाउँ परे पनि अध्ययन गरिरहेको कारण उहाँ माइतीमै बसेर अध्ययन गर्दै आउनुभएको थियो । Gorkhapatra
सम्बन्धित समाचार
नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कोशी प्रदेशका तीन जिल्लामा बर्डफ्लू, कुखुराहरू नष्ट गरियाे
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण
कार्तिक २४, २०८३