गुणस्तरीय स्वास्थ्य सेवा आजको अपरिहार्यताः स्वास्थ्यमन्त्री सारु

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 31 views
0 Shares

नवलपरासी, १० साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले गुणस्तरीय सेवा प्रदान गर्न बताउनु भएको छ ।

Advertisement

पश्चिम नवलपरसीको सदरमुकाम स्थित पृथ्वी चन्द्र अस्पतालको नवनिर्मित ५० शैया भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवाको आजको अपरिहार्यतालाई ध्यानमा राखेर विरामीहरु लाई सेवा दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, पृथ्वीचन्द्र अस्पतालमा हार्डवेयर (भौतिक) सुविधा प्रयाप्त भईसकेकोले अब नागरिकहरुलाई गुणस्तरीय सेवा तर्फ ध्यान दिनुपर्ने रहेको छ । स्वास्थ्यमा सबैको साँझा पहुँचका साथै सबै नागरिकहरुले समान सेवा पाउनुपर्छ । सेवा प्रदानका लागि जनशक्ति, औषधी र उपकरण पनि प्रमुख विषय हो । जसका लागि पदेश सरकार निरन्तर लागि रहेको उहाँले बताउनु भयो । स्वास्थ्य सेवमा सबैको पहुँच पु¥याने सरकारको दायित्व अनुसार नै हामि लागेको उहाँले भन्नुभयो ।

एक सय १४ वर्ष पुरानो इतिहास बोकेको पृथ्वी चन्द्र अस्पतालले नयाँ भवन संगसगै थप सेवा विस्तार गरेको छ । अस्पतालले अहिले आँखाको उपचार र डायलिसिस सेवा समेत आजदेखि सञ्चालनमा ल्याएको छ । अस्पतालको थप सेवा विस्तारले यहाँका स्थानीयहरुको उन्नती, प्रगती र समाजिक विकास हुने मन्त्री सारुले भन्नुभएको छ । अस्पतालले प्रदेश सरकारलाई बालरोग विशेषज्ञ र साइकेट्रिस्टक सेवा सुचारुका लागि ध्यानकर्षण गराए अनुसार निकट भविष्यमै उक्त सेवाहरु सुचारु हुने मन्त्री सारुले प्रतिवद्धता गर्नुभएको छ ।

अस्पतालले २४ चिकित्सक सहित १४ प्रकारका विशेषज्ञ सेवाहरु प्रदान गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदाले बताउनु भएकाो छ । अस्पतालमा आइ.सि.यु सहितको सघन उपचारका लागि नर्सिङ्ग मेडिकल अफिसर र कार्यालय सहयोगिको आवश्यकता रहेको बताउनु भएको छ । अस्पतालमा अहिले ५९ जनाको जनशक्ति रहेको छ । तर यसलाई ओएनम सर्वेसंगै ७१ जना जनशक्ति व्यवस्थापन गर्न डा. होदाले प्रदेश सरकारसंग माग गर्नुभएको छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: