विरामी रेफर नर्गन मुख्यमन्त्री आर्चायको निर्देशन
नागरिकहरुलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनैनसक्ने उपचार बाहेक सबै सेवाहरु यथास्थानबाट प्रदान गर्नुपर्छ
नवलपरासी, साउन १० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले पश्चिम नवलपरासीको सदरमुकाम स्थित पृथ्वी चन्द्र अस्पतालको ५० शैयाको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।

शनिवार एक कार्यक्रम विच नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री आर्चालये चिकित्सकहरुले विरामीहरुलाई रेफर नगर्न निर्देशित गर्नुभएको छ । पछिल्लो समय धेरै ठाउँबाट विरामीहरुलाई चिकित्सकहरुले उपचार गर्नुभन्दा रेफर गर्न आनन्द मान्ने गुनासो बढेपछि अव उपरान्त यस्तो कार्य नगर्न उहाँले सबै चिकित्सकहरुलाई भन्नुभएको छ । नागरिकहरुलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनैनसक्ने उपचार बाहेक सबै सेवाहरु यथास्थानबाट प्रदान गर्न उहाँले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई सहज र सस्तो उपचार सेवा आफ्नै ठाउँबाट प्रदान गर्न उहाँ भन्नुभयो । सुविधासम्पन्न बनेको नवनिर्मित ५० शैयाको अस्पताले थप सेवाहरु विस्तार गर्दै विरामीहरु बाहिर जानु पर्दैन । उहाँले भन्नुभयो, यहाँका सेवाग्राहीहरुको आर्थिक अवस्था कमजोर छ । जस्ले वाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसंग मन्न गर्दै अस्पताललाई आँफैमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकद्मीहरु लिएको छ ।

मुख्यमन्त्री आर्चायले पृथ्वी चन्द्र अस्पतालमा आवश्यक अन्य विशेषज्ञ सेवाका लागि प्रदेश सरकारबाट गर्नुपर्ने कुरामा हामि त्यसको पहलकद्मी लिने बताउनु भएको छ । जिल्ला अस्पतालको रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमि नहुने भन्नुभयो । यसैगरि पश्चिम नवलपरासीको सम्पुर्ण क्षेत्रमा विकासका लागि प्रदेश सरकारको गम्भिर ध्यानकर्षण भएको समेत उहाँले बताउनु भयो ।
सम्बन्धित समाचार
नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कोशी प्रदेशका तीन जिल्लामा बर्डफ्लू, कुखुराहरू नष्ट गरियाे
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण
कार्तिक २४, २०८३