सरावल गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
८ नम्बर जग्गाको भोगाधिकार प्राप्त गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष चौधरी
नवलपरासी । पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाको नयाँ प्रशासनिक भवन स्थानीय सरकार आएको ९ वर्षपछि बन्न थालेको छ । थोरै जग्गा र दुइवटा छुट्टाछुटै भवनबाट दिँदै आएको सेवामा कठिनाइ भएपछि गाउँपालिकाले गाउँपालिकाले १९ कठ्ठा जग्गाको भोगाधिकार प्राप्त गरेर सोही जग्गामा गाउँपालिकाको नयाँ भवन बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भएको छ ।
उहाँले भन्नुभयो, सरावल गाउँपालिकाले हाल जुन भवनबाट सेवा दिइरहेको छ त्यो प्रयाप्त छैन् । साविक गाउँ विकास समिति(गाविस) हुँदा रहेको भवनमा थोरै थप र गाउँपालिकाको सभाहल प्रयोग गरि सेवा दिइरहेका छौं । तर सेवाग्राहीलाई दुइ ठाउँबाट सेवा दिँदा झनझटिलो र कार्यकक्ष अभावका कारण यो वर्षदेखि नयाँ प्रशासनिक भवन निर्माणको कार्य सुरु गरिएको हो । हाल सेवा दिइरहेको भवन नजिकै रहेको ८ नम्बर जग्गाको भोगाधिकार प्राप्त गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष चौधरीले बताउनु भयो ।
गाउँपालिकाले साढे ६ करोड भन्दा बढीको लागतमा भवन निर्माण कार्यलाई अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भएको छ । उहाँले भन्नुभयो, संघिय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत सहभागितमा बी.एम. सार्वजनिक जेभी, नुवाकोटले ६ करोड ८५ लाख ३६ हजार ९८४ रुपैयाँमा निर्माण कार्य गरिरहेको छ । २०८२ असार ११ गते समझौता भइ सुरु भएको निर्माण कार्य २०८४ पुष १० गते सक्नुपर्ने छ ।
निर्माण व्यवसायिले हालसम्म ७० प्रतिशत काम गरिसकेको हुनाले गाउँपालिका छिट्टै नयाँ भवनबाट सेवा दिने प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भएको छ । गत वर्ष मंसिर ३ गते भवनको शिल्यान्यास गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गर्नुभएको हाँले भन्नुभयो ।
कार्तिक २४, २०८३