एसईई परीक्षाः नवलपरासीमा ९२ जना अनुपस्थित

नियमित र ग्रेड वृद्धिका लागि आज जिल्लामा कुल ४ हजार ७६० जना परीक्षार्थीहरु सहभागि हुनुपर्ने हो

अनिल यादव

अनिल यादव

चैत १९, २०८२ 170 views
1 Shares

नवलपरासी । देशभरी आजदेखी सुरु भएको एसईई परीक्षाका लागि नवलरासीमा ९२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

परीक्षाको आज पहिलो दिन नवलपरासीमा ४ हजार ६६८ जना विद्यार्थीहरु सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले बताउनु भएको छ । उहाँले भन्नुभयो, “जिल्लाभरी शान्तिपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको छ । तर ९२ जना विद्यार्थीहरु आजका परीक्षामा सहभागि भएका छैन्न ।”

Advertisement

नियमित तर्फ ४ हजार ५१२ मा ६५ जना परीक्षार्थी अनुपस्थित रहेको प्रमुख सुवेदीले भन्नुभयो । त्यस्तै ग्रेड वृद्धिका लागि २४८ जना मध्ये २७ जना अनुपस्थित भएको उहाँले भन्नुभयो । नियमित र ग्रेड वृद्धिका लागि आज जिल्लामा कुल ४ हजार ७६० जना परीक्षार्थीहरु सहभागि हुनुपर्ने हो । तर सबै परीक्षार्थी परीक्षामा सहभागि नभएको उहाँले बताउनु भयो ।

सामुदायिक ५९ र संस्थागत (निजि) ६४ गरी नवलपरासीमा कुल १२३ विद्यालय रहेको छ । एसइइ परीक्षाका लागि नवलपरासीमा कुल ५ हजार ७७४ जनाले फारम भरेको प्रमुख सुवेदीले बताउनु भएको छ । जस्का लागि नवलपरासीमा कुल २३ परीक्षा केन्द्रहरु तोकिएको छ ।

विहान ८ बजेदेखी सुरु भएको परीक्षा शान्तीपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ ।

याे पनि पढ्नुस

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: