आजदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ, चैत १८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
ट्यागहरू:
SEE
कार्तिक २३, २०८३