आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?
काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।
चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् ।

ट्यागहरू:
व्याजदर
सम्बन्धित समाचार
बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय
जनविचार
बर्डफ्लु प्रभावित किसानलाई ५० करोड क्षतिपूर्ति निकासा
जनविचार
लुम्बिनी प्रदेश सरकारकाे बजेट: सैँतिस अर्ब अठतिस करोड
जनविचार
बेरूजु: साढे सात खर्ब नाघ्यो
जनविचार
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
जनविचार
कार्तिक २३, २०८३