Thursday, October 24, 2024
घरअपराधशिक्षकको कुटई बाट विद्यार्थीको शरीरमा रातो डाम

शिक्षकको कुटई बाट विद्यार्थीको शरीरमा रातो डाम

- Advertisement -spot_img

परासी, मंसिर २० । पश्चिम नवलपरासीमा शिक्षकको कुटाई बाट एक विद्यार्थीको शरीरमा रातो डाम बसेको छ । जिल्लाको सरावल गाउँपालिका वडा नं. ७ को बर्गदवा स्थित बर्दघाटे कालिका ईङ्गलिस स्कुलका सहायक प्रधानध्यापक निरञ्जन यादवले ९ बर्षिय बालिकालाई कुटपिट गरेपछि पिठ्युँमा रातो डाम परेको छ ।

१ कक्षामा पढ्दै गरेकी ९ वर्षिय कञ्चना राजभरलाई विद्यालयमा पढ्न किन नआएको भन्दै सहायक प्रधानध्यापक यादवले कुटेका हुन् । उनको कुटाई बाट कञ्चनाको टाउको, पिठ्युँ र कम्मर तल सम्म रातो डामहरु परेको छ । यादवले कञ्चनालाई घर बाटै पिट्दै स्कुलमा लगेर लौरोले पिटे कञ्चनाको आमा गंगाजली राजभरले बताईन् । हामि घरमा नभएको समयमा शिक्षक घरमा आएर कञ्चनालाई लगेको गंगाजलीले भनिन् । कञ्चनाको आमा निम्त्तो खान आफ्न्ती कहाँ र बुवा राजकुमार राजभर उँखु काट्न खेत गएका थिए । त्यही बेलामा सहाय प्रधानध्यापक यादवले कञ्चनालाई घर बाटै कुटपिट गर्दै स्कुल सम्म लगेका थिए । उनले पहिला पनि विद्यार्थीहरु लाई निर्घात कुटपिट गर्दै आएको स्थानियहरु ले बताउछन् । उनको कुटाई बाट पिडित विद्यार्थी कञ्चनालाई हिड्डुल गर्न समेत गाह्रो भएको परिवाले बताएको छ । कुटाई बाट कञ्चनालाई विद्यालय बाट घर जान समेत गाह्रो भएपछि विद्यार्थी साथीहरुले घर सम्म पुर्याउन सहयोग गरेका थिए । कञ्चनाले स्कुलको सिढि झर्न नसकेपछि विद्यार्थीहरु को सहयोगमा तल झरेर घर आएकी आमा गँगाजलीले बताईन् ।
कुटपिट गर्ने निरञ्जन यादव प्रिन्सिपल जितेन्द्र यादव को भाई हुन् । घटना पछि साहयक प्रधानध्यापक फरार रहेका छन् । तिनलाई आवश्यक कार्यवाहीको लागि पिडित परिवाले माग गरेको छ । परिवारले यादव विरुद्धको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुगेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्