Thursday, October 24, 2024
घरस्थानीयविद्यालय भवन नगरप्रमुख यादव द्धारा शिलन्यास

विद्यालय भवन नगरप्रमुख यादव द्धारा शिलन्यास

- Advertisement -spot_img

परासी, ३१ जेष्ठ-पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडा नम्बर ११ रानिपाकडमा विद्यालय स्थापना गर्ने भएको छ । कुनै पनि शैक्षिक संस्था नभएको रामग्राम ११ नम्बर वडामा विद्यालय स्थापनाका लागी आज भवन निर्माणको शिलन्यास गरिएको छ ।

नगर प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरीले भुमिपुजन गरी ट्रष्ट भवन निर्माणको शिलन्यास गर्नुभयो । नगर प्रमुख यादवले बालबालिकाले गाँउबाटै सहज रुपमा शिक्षा पाउन भन्ने हेतुले वडा नम्बर ११ मा विद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्दे आवश्यक स्थानमा विद्यालय पनि स्थापना गर्ने योजना अनुरुप नगरपालिका अगाडी बढेको उहाँको भनाई छ । बालबालिकालाई प्राथमिक तहको शिक्षा लिन पनि अन्य पालिकामा जानुपर्ने बाध्यताको अन्त्य गरी घर आँगनमै शिक्षा दिन विद्यालय खोल्न थालिएको नगर प्रमुख यादवले बताउनुभयो । 

रामग्राम ११ का वडा अध्यक्ष धनिराम यादवले हरेक वर्ष रानिपाकड जमुवाडका बालबालिका भुमहिमा अध्ययन गर्न जाने क्रममा दुर्घटनामा ज्यान गुमाउनु परेको तितो यर्थातलाई मध्यनजर गर्दे गाँउमै विद्यालय खोल्न लागिएको बताउनुभयो । ट्रष्ट भवन बाट विद्यालय सुरुवात गर्ने र विस्तारै सुविधा सम्पन्न बनाउदै लाने योजना रहेको वडा अध्यक्ष यादवले बताउनुभयो । कुल दश लाख लागतमा सुशान कन्स्ट्रक्सन प्रा ली बर्दघाटले विद्यालय भवन निर्माणको जिम्मा लिएको छ । यहि असार १५ गते भित्र निर्माण सक्ने सम्झौतामा उल्लेख छ । रामग्राम नगरपालिकामा हाल ३२ ओटा सामुदायिक विद्यालय रहेका छन् । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्