Tuesday, October 22, 2024
घरशिक्षानेपाली कांग्रेस द्धारा नवनिवार्चित क्याम्पस व्यवस्थापन समितिलाई सम्मान

नेपाली कांग्रेस द्धारा नवनिवार्चित क्याम्पस व्यवस्थापन समितिलाई सम्मान

- Advertisement -spot_img

परासी, फागुन २२ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पाल्ही क्यम्पसको व्यवस्थापन समितिमा नवनिवार्चित पदाधिकारीहरुलाई बधाई तथा समान्न गरेको छ । पार्टीले व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठक, लेखासमिति संयोजक रवि पाण्डे, सदस्यहरु लक्ष्मी पन्थी पौडेल, नगेन्द्र अग्रहरी, र श्याम अग्रवाललाई सम्मान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले क्याम्पसको शैक्षिक र भौत्तिक विकास गर्न कार्यसमितिलाई अनुरोध गर्नु भएको छ । उहाँले जिल्लाको सबै भन्दा जेठो क्याम्पसको शैक्षिक अवस्थाको गुणस्तरियतामा चाँसो देखाउनु पर्ने बताउनु भएको छ । अहिलेको नवनिवार्चित समितिले क्याम्पसमा राजनिति भन्दा काम गरेर देखाउनु पर्ने उहाँले भन्नु भयो । त्यस्तै समितिले कमै गरेन भने काग्रेसे खबरदारि समेत गर्ने बताउनु भएको छ ।

यसैविच प्रदेशसभा सदस्य बैजनाथ जैसवालले क्याम्पसको विकासमा प्रदेशबाट हुन सक्ने कामलाई पहल गर्ने भन्नु भएको छ । उहाँले क्याम्पसमा क्यान्टिन स्थापना, विद्यार्थीहरुका लागि अन्य शैक्षिक समाग्रीको लागि पनि आँफु छिटै व्यवस्थापन गराउने भन्नु भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले अहिलेको भन्दा दोब्बर काम गरेर देखाउने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य विश्व प्रेम पाठक र नेपाली कांग्रेसका नवलपरासीका कार्यवाहक सभापति विक्रम प्रसाद यादव लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्