Tuesday, October 22, 2024
घरसुस्तानारायणी नदिमा आएको बाढीले एक जनालाई बगायो

नारायणी नदिमा आएको बाढीले एक जनालाई बगायो

- Advertisement -spot_img


बेलाटारी, असार २२ । पश्चिम नवलपरासीको नारायणी नदिमा आएको बाढीले एकजनालाई बगाएको छ । जिल्लाको सुस्ता गाउँपालिका ५ सकरदिनई बस्ने ३३ वर्षीय अर्जुन चमारमा लाई नारायणी नदिको बाढीले बगाएको छ ।

नारायणीको बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा अर्जुनलाई बाढीले बगाएर वेपता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भएको छ । हालको उनको खोजीकार्य भईरहेको तर फेला नपरेको बोहराले भन्नु भएको छ । लगातारको वर्षाले नारायणीमा बाढी सहित दाउराहरु पनि आएको छ । उक्त दाउराहरु टिप्नका लागि स्थानीयहरुको भिड समेत लाग्ने गर्छ । तर प्रहरीले स्थानीयलाई बाढीमा आएको दाउरा टिप्न रोक्ने प्रयास गर्दा पनि अटेर गरेर दाउरा टिप्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारायणीमा प्रत्येक वर्ष आउने बाढीले दाउरा टिप्ने वा माछा मार्ने क्रममा मान्छेहरु लाई बगाउने गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्