Tuesday, October 22, 2024
घरअपराधतीन दिनमा प्रहरीले बरामद गर्याे साठी लाखको अवैध समान

तीन दिनमा प्रहरीले बरामद गर्याे साठी लाखको अवैध समान

- Advertisement -spot_img

परासी, फागुन २४। पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याएका साठी लाखका अवैध समानहरु प्रहरीले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानको गोदामहरु मा लुकाएर राखेको अवैध चिनि, केराउ (मटर) र मोबाईलमा प्रयोग हुने ग्लासहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासीले ३४ लाख बराबरको चिनी र केराउ बरामद गरेको छ । गणका प्रमुख एसपी प्रकाश वाग्लेलेका अनुसार साेमवार सुस्ता गाउँपालिका–१ बरुवाबाट सोमवार राती ४० क्विन्टल चिनी र ३८० क्विन्टल हरियो केराउ बरामद गरिएको हो । जस्मा १५७ बोरा चिनी र १२५० बोरा केराउ रहेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार २६ लाख बराबरका अवैध सामग्री बरामद गरेको छ । प्रहरीले २० लाख बराबरको मोबाइलमा प्रयोग हुने ग्लास र ६ लाख बराबरको चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिनु भएको छ । बुधबार साँझ बर्दघाट इलाका प्रहरी कार्यालयको टोलीले बर्दघाट बजारस्थित एमएस क्रम नाम गरेको कवाड संकलन गोदामबाट ३० वटा कार्टुनमा १९ लाख ८० हजार बराबरको मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास राखेको बरामद छ । भने पाल््हीनन्दन गाउँपालिका–५ गेर्मास्थित गुल्सन नितलेश राइस मिल उद्योगको गोदाममा अवैध रुपमा लुकाई चिनि लाई प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको छ । १ सय ४९ बोरा रहेको उक्त चिनि ५ लाख ९६ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अवैध समानहरु आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालय बुटवलमा प्रहरीले जनाएको

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्