Monday, July 15, 2024
घरस्वास्थ्यस्वास्थ्य केन्द्रमा सिटामोल अभाव

स्वास्थ्य केन्द्रमा सिटामोल अभाव

- Advertisement -spot_img

बैतडी, मङ्सिर १ गते । जिल्लाकै दुर्गम सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र महिनौँदेखि स्वास्थ्यकर्मीविहीन अवस्थामा छ । 

स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर क्लिनिक सञ्चालित अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । गाउँघर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी भने गाउँपालिकाबाट बिदा स्वीकृत नै नगरी महिना दिनदेखि अनुपस्थित रहेको पाइएको छ । सो आधारभूत स्वास्थ्य केन्द्रमा सिटामोल छैन ।  गाउँघर क्लिनिकको अवस्था झन् दयनीय रहेको स्वास्थ्य कार्यालयको अनुगमन टोलीले जनाएको हो । 

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले गाउँपालिकाबाट बिदा स्वीकृत नगराएको सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले बताउनुभयो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधी खरिदमा ढिलाइ भएका कारण सिटामोल पुग्न नसकेको उहाँले बताउनुभयो । 

वैकल्पिक व्यवस्था गरेर भए पनि सिटामोल पठाइने तयारी भएको स्वास्थ्य संयोजक बोहराले बताउनुभयो । गाउँघर क्लिनिकका सम्बन्धमा गुनासो आएकाले अबका दिनमा क्लिनिक सञ्चालन भएको तस्बिरसमेत पठाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । 

अनुगमनका क्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा सिटामोल नपाइने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले गाउँपालिका र नगरपालिकालाई औषधी खरिदका लागि वार्षिक २० लाख रुपियाँ बजेट पठाउने गरेको छ । 

पालिकामा बजेट आए पनि सर्वसाधारणले सिटामोलसमेत नपाएको स्थानीय लोकेन्द्र ऐरीले बताउनुभयो । ज्वरो आएका बिरामीले आधारभूत स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकबाट सामान्य औषधि सिटामोलसमेत नपाएको सिगास गाउँपालिका–१ का जगदीश भट्टको गुनासो छ । 

सिगास गाउँपालिका–१ को स्वास्थ्य संस्था र गाउँघर क्लिनिकमा सिटामोल नभएको पाइएपछि स्वास्थ्य कार्यालयले सिटामोल, जीवनजललगायतका औषधी र एक थान स्ट्रेचर उपलब्ध गराएको छ ।  Gorkhapatra dainik online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्