Tuesday, October 8, 2024
घरप्रबिधिटिकटकले नेपाल सरकारसँग सहकार्य गर्न तयार

टिकटकले नेपाल सरकारसँग सहकार्य गर्न तयार

- Advertisement -spot_img

काठमाडौं, मङ्सिर १ गते । सरकारले नेपालभर टिकटकलाई प्रतिबन्ध लगाएपछि नेपालभित्रैबाट त्यससम्बन्धमा फरक–फरक प्रतिक्रिया आइरहँदा टिकटकले पनि दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । टिकटकले सरकारको उक्त निर्णयप्रति असहमति जनाउँदै सात बुँदे पत्र पठाएको हो । साथै सरकारी निकायहरूसँग भएका समझदारी र नेपालमा भएका छलफलहरूलाई पनि टिकटकले स्मरण गराएको छ ।

टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् । सरकारले गत सोमबार टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको निर्देशनमा नेपालभर टिकटक नचल्ने बनाइएको छ । तर, प्रयोगकर्ताहरूले विभिन्न विकल्पको प्रयोग गरी त्यसको प्रयोग भने गरिरहेको देखिएको छ ।

टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धका सम्बन्धमा नेपालभित्रैबाट मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । यसैसम्बन्धमा सरकारको निर्णयले चकित भएको टिकटकले पठाएको पत्रमा उल्लेख छ ।

त्यस्तै टिकटकमाथि प्रतिबन्ध लगाइँदा नेपाली युवाहरूलाई आर्थिक रूपमा हानी हुने, प्रयोगकर्ताको सुरक्षा आफूहरूको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको, नेपालमा डिजिटल सेवा करदाताका रूपमा दर्ता भएको टिकटकले उल्लेख गरेको छ । साथै नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको पनि टिकटकले उल्लेख गरेको छ । – शिलापत्र 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्