काठमाडौं, चैत २३ । आज सुनकाे घटेकाे छ । नयाँ रेकर्ड बनाउँदै गएकाे सुनकाे भाउ शुक्रवार प्रतिताेला एक हजार तीन सय रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु. एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा रु. एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु. एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६१५ रुपैयाँमा झरेको छ ।