नवलपरासी । निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहनु भएका नवलपरासी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा(भरत) सँग मतदाताहरूले स्वदेशमै राेजगारीकाे लागि काम गर्नुहाेला ।
उनिहरूले भने, `हामीले तपाईलाई मत दिन्छौं तर त्यसकाे लागि तपाईंले स्थानीय युवा तथा महिलाहरूका लागि गाउँमै रोजगारीको व्यवस्थाका पहल गर्नुपर्छ।´
अभियानका क्रममा विभिन्न बस्ती तथा उद्योग, व्यवसाय सञ्चालन भइरहेका क्षेत्रमा पुग्नु भएका थापासँग मतदाताहरुले सीप भएर पनि त्यसको सदुपयोग गर्न नसक्दा बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए । वैदेशिक रोजगारीका लागि युवा पलायन बढ्दो क्रममा रहेको उल्लेख गर्दै स्थानीयहरुले गाउँमै साना तथा मझौला उद्योग स्थापना, सीपमूलक तालिम र बजार व्यवस्थापनमा पहल गर्न माग गरेका हुन् । ‘काम गर्ने हात छन् । तर कामको अवसर छैन । हामीलाई गाउँमै काम गर्ने उद्योग खोल्ने पहल गरिदिनुस् । ’ स्थानीय मजदुरहरुले भने ।
महिला उद्यमीहरुले पनि घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहुलियत ऋण, तालिम र उत्पादनको बजारीकरणमा सहयोग गर्नुुपर्ने धाराणा राखेका थिए । मतदाताको माग सुनेपछि उम्मेदवार थापाले आफू सुनवल नगरपालिको मेयर र उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा सीपलाई उद्यमसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरको स्मरण गराउँदै रोजगारी सृजनालाई प्राथमिकता राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सीप भएका युवाहरुलाई उद्यमसँग जोड्ने र स्थानीय स्रोत साधनको सदुपयोग गर्ने नीति आवश्यक रहेकोर त्यसका लागि नीतिगत रुपमा पहल गर्ने उहाँको प्रतिबद्धता थियो



