नवलपरासी । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाल तरुणदलले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन लक्षित नगर तरुण दल गठन गरेको छ ।
तरुण दलका क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष रमेश पराजुलीको प्रमुख आथित्यतामा विहिवार परासीमा एक कार्यक्रम गर्दै रामग्राम नगरपालिका भित्र नगर तरुण दल गठन भएकाे हाे । सन्दिप अग्रहरीको नेतृत्वमा (संयोजक) नगरपालिकाको १८ वटै वडाको नेतृत्व गर्नेगरी नगर तरुण दल गठन गरिएको पराजुलीले बताउनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार भिमबहादुर थापा (भरत)लाई जिताउनका लागि गठन गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, फागुन २१ को निर्वाचनमा हाम्रो पार्टीका नेता तथा उम्मेदवार भरत थापालाई कुनैपनि हालतमा विजयी गराउनका लागि एकबद्ध भएर निर्वाचन क्षेत्रमा लाग्नुपर्छ । सबैले आआफ्नो वाडको जिम्मेवारी सहितको भुमिका खेलेर थापालाई निर्वाचित गराउन हाम्रो दायित्व रहेको छ ।
यस्तै तरुण दल क्षेत्र नं. २ का उपाध्यक्ष जितेन्द्र कुमार अग्रहरीले तरूण दललाई आफ्नो वडाका मतदाता र पार्टीका नेताहरु विच सहकार्य गराइरहन अनुरोध गर्नुभएको छ । तरुण दल आफ्नो जिम्मेवारीका साथ लागे जित हाम्रै हुने उहाँले भन्नुभयाे ।
कार्यक्रममा तरुण दलका जिल्ला सदस्य राजु देवान, तरुण दल परिचालन क्षेत्रिय कमिटी सदस्य बिष्णु खड्का र तरुण दल रामग्राम नगरपालिका सहसंयोजक रञ्जित मल्ल लगायतको उपस्थिति रहेको थियो ।
नामहरु–ः
रमेश यादव– १
धिरज हलुवाई– २
अनुज गुप्ता– ३
अक्तर देवान– ४
सुदिप पराजुली– ५
विद्यासागर त्रिपाठी– ६
सुरेन्द्र राठौर– ७
सुरज यादव– ८
आशिष सिँह– ९
शिव सहानी– १०
सन्तोष कुमार कलवार– ११
रञ्जित चौधरी– १२
हिमाल अर्याल– १३
गोविन्द चौधरी– १४
संजय पासी– १५
सलमान पठान– १६
विशाल सिँह– १७
विजय कुमार चौधरी– १८



