Sunday, January 4, 2026

कजरिया टायल्स उद्योगमा दुईजनाकाे मृत्यु

नवलपरासी, १७ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ कजडैयामा रहेको कजरिया टायल्स उद्योगमा दुई जना कर्मचारी (मजदुर)हरु मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यायल नवलपरासीका सूचना अधिकारी सुशिल घिमिरेका अनुसार बुधवार राती ८ बजेको समयमा कम्पनीको ग्यासी फायरको पोकिङ फ्लोरमा डिउटीमा खटिएका जिल्लाको बर्दघाट नगरपालिका १३ धनेवा बस्ने होम बहादुर थापा र भारतको उत्तर प्रदेश प्रत्तापगढ जिल्ला ६६ ग्राम पोष्टका बिनोद कुमारको मृत्यु भएको हो ।

कम्पनीका म्यानेजर रमेश न्यौपानेले प्रहरीलाई आज (विहिवार) विहान ८ बजे जानकारी दिएको सूचना अधिकारी घिमिरेले बताउनु भयो । तर मृतकका परिवारले भने उद्योगको ग्यासले थुनिएर मृत्यु भएको भन्दै शव उठाउन मानेका छैन्न । उनिहरुले उद्योगको लापरबाहीले मृत्यु भएको भन्दै उद्योगलाई घेराउ गर्नुका साथै उद्योगको विरुद्धमा नाराबाजी समेत गरेका छन् ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार