Wednesday, April 23, 2025
घरअपराध१७ ग्राम खैरो हेरोइनसहित पक्राउ

१७ ग्राम खैरो हेरोइनसहित पक्राउ

- Advertisement -

धनगढी, चैत ३ । कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

धनगढी उपमहानगरपालिका–३ त्रिनगर नाकाबाट धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय आदित्य रानालाई दुई ग्राम ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । गौरीफन्टाबाट मोटरसाइकलमा आउँदै गर्दा शङ्का लागेर प्रहरीले उनलाई चेकजाँच गरेको थियो । 

यसैगरी, खैरो हेरोइनको कारोबार हुनेगरेको गोप्य सूचनाका आधारमा घोडाघोडी नगरपालिका–७ हरिनगरका २५ वर्षीय लक्ष्मण चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । 

प्रहरीले चौधरीको घरमा कोटको खल्तीबाट १५ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको छ । सोही कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगरकै २५ वर्षीय राम चौधरी, २७ वर्षीय दुर्गेश चौधरी र बुटवलका ३५ वर्षीय रमेश कार्कीलाई पनि पक्राउ गरेको छ । 

पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । Gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्