Thursday, January 16, 2025
घरअपराध१६ वर्षीय भारतीय बालिका जनकपुरबाट पेस्तोलसहित पक्राउ

१६ वर्षीय भारतीय बालिका जनकपुरबाट पेस्तोलसहित पक्राउ

- Advertisement -spot_img

जनकपुरधाम, कात्तिक ८ । जनकपुरबाट भारतीय एक बालिका पेस्तोलसहित पक्राउ परेकी छन् । प्रहरीका अनुसार भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी–९ बस्ने पप्पु सहनीकी छोरी करिब १६ वर्षीय पूजा कुमारी सहनी पक्राउ परेकी हुन् ।

पूजा कुमारीलाई विशेष सूचनाको आधारमा मंगलबार साँझ करिब ८ बजे जनकपुरधामको रेल्वे स्टेसनजनिक हनुमान मन्दिरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी पूजा कुमारीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थान बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्