परासी, २० साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित वार्ड ९ मा रहेकोे त्रिभुवन मावि बेलाटारी र त्रिभुवन क्याम्पस विच अहिले विवाद चर्केको छ । त्रिभुवन माविकै स्वामित्वमा रहेको जग्गामा बनेको क्याम्पसले विद्यालयलाई कक्षा ११ र १२ सञ्चालन गर्न कोठा उपलब्ध नगराउँदा विवाद चर्केको छ ।
कक्षा ११ र १२ को दिवा कक्षा संञ्चालनका गर्नका लागि विद्यालयले क्याम्पस संग केही कक्षा कोठा माग गर्दै आएको छ । विद्यालय र क्याम्पस एउटै हाता भित्र भएको हुनाले विद्यालयले क्याम्पस संग धेरैदिन देखि कक्षा कोठा माग गर्दै आएको छ तर क्याम्पसले भने उपलब्ध नगराउँदा विद्यालयको मावि तह खारेजि हुने हो की भन्ने चिन्ता सरोकारवाला निकायहरु लाई भएको छ । यसैविचमा विद्यालयलले शुक्रवार अभिभावक भेला गरेको थियो । भेलालाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले १४ हजार विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । उन्ले भने “विद्यार्थीको शिक्षाका लागी जुनसुकै कठोर कदम चाल्न तयार छु ।” यादवले कुनै पनि हालतमा विद्यार्थिको पढ्न पाउने अधिकार वञ्चित हुन नदिने बताउदै दिवा कक्षा संञ्चालन हुने बताएका छन । यादवले दिवा कक्षा संञ्चालनका सन्र्दभमा कुनै पनि कठोर कदम चाल्नु आफू तयार रहेको भनेका छन् । भविष्यमा आईपर्ने कुनै पनि परिस्थीतीको जिम्मेवारी प्रतापपुर गाँउपालिकाले लिने यादवले जिकिर गरे । समुदायिक विद्यायलहरुको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका मुख्य प्राथमिकतामा रहेकोले कसैले पनि यसमा राजनिति नगर्न पुर्व मन्त्री तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठी प्रति लक्षित गर्दै चेतावनी दिएका छन् । सकेसम्म विद्यालय र क्याम्पस दुबै विचको सहज वातावरण बनाई अगाडि बढ्न आवश्यक रहेको छ । तर क्याम्पसले विद्यालय लाई कक्षा कोठा उपलब्ध गराएन भने जबरजस्ति कब्जा गर्ने यादवले भने ।
त्रिभुवन माविका प्रधानअध्यापक नारद ठाकुरले कक्षा संञ्चालनका लागी ६५ ओटा कक्षाकोठा आवश्यक रहेको बताएका छन् । तर बढिमा ५५ कोठा मात्र उपलब्ध भएकाले समस्या भएको ठाकुरको भनाई छ । केहि महिना भित्रमै निर्माणाधिन दुई तले भवनको निर्माण सकिएपछि क्याम्पसको कक्षा कोठा आवश्यक नपर्ने ठाकुरले बताए ।
यता क्याम्पसले भने क्युएएमा समस्या हुने भनेर कक्षा कोठा उपलब्ध गराउन नसकिने भनेको छ । त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्धवेदिले क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षाकोठा उपलब्ध गराउन नसकिने भनेका छन् । क्युएएको प्रमाणपत्र प्राप्ती पछि क्याम्पसका कक्षाकोठा सहजै प्रयोग गर्न दिन मिल्ने भएपनि अहिले दिन नसकिने उनको भनाई छ ।