परासी, ९ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १२औं नगरसभा बाट राममग्राम विकास कोष सञ्चालन ऐन पास गरेको छ ।
नगरपालिका भित्र रहेको गौरबको शाख जस्तो पर्यटकिय ठाउँ रामग्राम स्तुप विकासको लागि रामग्राम नगरपालिकाले उक्त ऐन पास गरेको हो । लुम्बिनी विकास कोषको अधिनमा रहेको रामग्राम स्तुपलाई लुम्बिनी विकास कोषले विकास गर्नमा चाँसो नदेखाएपछि रामग्रामले उक्त रामग्राम विकास कोष ल्याएर पास गरेको जनाएको छ ।
गत शुक्रवार सम्पन्न नगरसभाको पत्रकार सम्मेलन मार्फत नगरपालिका उक्त ऐनले रामग्राम स्तुप विकासमा गर्न सहज वातावरण बन्ने रामग्राम नगरपालिका प्रमुख एव मेयर धनपत यादवले बताउनु भएको छ । । रामग्राम स्तुप लामो समय देखि विकासको पर्खाईमा छ । लुम्बिनी विकास कोषले लुम्बिनी मै सिमित भएर काम गर्दा रामग्राम स्तुप ओझेलमा परेको मेयर यादवले भन्नु भयो । अब चाँडै उक्त विकास कोषको लागि समिति बनाएर अगाडि बढ्ने मेयर यादवले भन्नु भयो । समितिले रामग्राम स्तुपलाई प्रचार प्रसार र विकासको लागि के कसरी जाँदा ठिक हुन्छ भनेर विभिन्न रणनिती तय गरि अगाडि बढिने मेयर यादवले भन्नु भयो । लामो समय देखि ओझेलमा परेको रामग्राम स्तुपलाई विकास गरि बढि भन्दा बढि पर्यटक स्तुपमा ल्याउने प्रयास हुन्छ ।
त्यस्तै नगरपालिकाले १२औं नगरसभा बाट १ अर्ब १७ करोड १८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ल्याएको बजेटमा संघिय र प्रदेश सरकारका सबै प्रकारको अनुदान सहित उक्त बजेट सार्वजनिक गरेको हो । जस्मा संघिय सरकार तर्फको ६७ करोड ५९ लाख, प्रदेश सरकार तर्फको ३ करोड ६२ लाख ७७ हजार रहेको छ । त्यस्तै नगरपालिकाको आन्तरीक राजस्व रचालु आ.ब. बाट बचत हुन सक्ने अनुमानित रकम गरि ४५ करोड १७ लाख ११ हजार छ ।