Thursday, January 16, 2025
घरबर्दघाटहुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

परासी, पुष २४ । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानी खोलामा बाक्लो हुस्सु र शितलहरले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभएकाे छ ।

राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनुभयो । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।

सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताउनुभयो । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अवेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्