Sunday, March 16, 2025
घरप्रतापपुरहुलाकी राजमार्ग निर्माण अलपत्र, काठमान्डौमा आन्दोलन गर्ने गाउँपालिकाको चेतावनी

हुलाकी राजमार्ग निर्माण अलपत्र, काठमान्डौमा आन्दोलन गर्ने गाउँपालिकाको चेतावनी

- Advertisement -

परासी, माघ २५ । हुलाकी राजमार्ग समयमै सम्पन्न नगरे काठमान्डौमा आन्दोलन सुरु गर्ने प्रतापपुर गाउँपालिका अध्यक्षले बताउनु भएको । पश्चिम नवलपरासीमा रहेको पन्ध्र किलोमिटर हुलाकी राजमार्गको निर्माणकार्य अहिले अलपत्र परेको छ ।

हुलाकी राजमार्ग निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेको प्रतापपुर गाउँपालिकाले जनाएको छ । उक्त राजमार्ग निर्माणका लागि पटक–पटक आन्दोलन गर्दा एउटा सहमतीको बहानामा ठेक्दारले संधै कामलाई अलपत्र पारेपछि अब काठमान्डौं केन्द्रित आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भएको छ । हुलाकी निर्माण अलपत्र पारेपछि गर्मीमा धुलामय र वर्षायाममा हिलामय हुने गरेको उहाँले भन्नु भएको छ । सड्क निर्माणका लागि बज्रगुरु महालक्ष्मी जे.भि.कपुन्डोल कम्पनीले उन्नपचास करोड साठी लाखमा ठेक्का लिएको हो । २०७६ साल मंसिरमा ठेक्का लिएको उक्त कम्पनीले २०७९ मंसिरमै सक्नुपर्ने थियो ।

निर्माण कम्पनीले कामलाई अलपत्र पारेपछि गाउँपालिकाका अध्यक्ष यादवले प्रधानमन्त्री तथा मन्त्रीपरिषद््को कार्यालय सिंहदरबारलाई ध्यानकर्षण लगायत आन्दोलन र आमरण अनसन समेत बस्नुभयो । भदौ २८ गते अनसन बसेका यादवले हुलाकी राजमार्ग निर्माण असोज २ गते सुरु गरेर छिटै सम्पन्न गर्ने ठेक्दार पक्षबाट सहमती भएपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्रवर ढकालले जुस खुवाएरपछि अनसन तोड्नु भयो । र तत्काल केही काम भएपनि अहिले पुनः उक्त राजमार्ग अलपत्र नै परेको छ ।

यसैगरी हुलाकी राजमार्ग निर्देशनालय कपिलवस्तुका योजना प्रमुख होम बहादुर ए.सी.ले ठेक्दार कम्पनी हप्ता दिन त्रिभै निर्माणकार्य सुरु गर्ने जनाएको बताउनु भएको छ । उक्त कम्पनी संग ठेक्का तोडेर अगाडि बढने कुरा बाहिर आएपछि ठेक्दारले, ‘म हप्तादिन भित्रै काम सुरु गरी सम्पन्न गर्ने’ जनाएको उहाँले बताउनु भएको छ ।

जिल्लाको गोपिगंजदेखि प्रतापपुर गाउँपालिका सम्म साढे ६ किलोमिटर हुलाकी राजमार्ग गाउँपालिका भित्र पर्दछ । त्रिवेणी धाम, सुस्ता र गण्डक क्षेत्रलाई सदरमुकाम संग जोड्ने मुख्य सड्क नै हुलाकी राजमार्ग हो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्