परासी, फागुन २८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाम्रा कमी, कमजोरीहरु सुधार्नुपर्ने बताउनु भएको छ ।
बुधवार पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेस क्षेत्र नं.२ क ले राखेको प्रदेश सभा कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले हामी सबैले आ–आफ्ना कमजोरी र गल्तीहरु लाई सुधार्नुपर्ने सुझाउनु भएको छ । दशौं वर्षको जनयुद्धपछि ल्याएको यस्तो व्यवस्था फेर्नका लागि अर्को रमाईलो गर्नुभन्दा पनि सच्चिन आवश्यक रहेको उहाँले बताउनु भएको छ । लामो संघर्षपछिको आएको संविधानलाई जोगाउनुपर्ने हामै्र दायित्व हो । संविधानमा विभिन्न व्यवस्थाहरु तथा अवस्थाहरु भित्रका कमजोरीहरु केलाउँदै सुधार गर्नुपर्छ । तर अर्को रमाईलोमा लाग्नु भएन । प्रदेशमा दुई÷तीनवटा मन्त्री भए काम चल्छ त्यति धेरै मन्त्रीहरु आवश्यक छैन् । केन्द्रमा सरकार बदल्ने वित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम हुनुभएन । सकिन्छ भने, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निवार्चित व्यवस्थाबाट ल्याउनु पर्ने थापाले भन्नुभएको छ । र यो सब व्यवस्था बदल्नका लागि हामी नेपाली कांग्रेसले गर्नसक्छ उहाँले भन्नुभयो ।
यो देशको नागरिकलाई निराश बनाउनु भएन । नागरिक लाई भेट्नुपर्यो, कुरा गर्नुपर्यो, सुन्नु पर्यो, समस्या बुझ्नुपर्यो र गल्तीमा माफी माग्नुपर्यो महामन्त्री थापाले भन्नुभएको छ । र उनिहरुको कुरा सुनेर तिम्रो कुरालाई मान्छु र गर्छु पनि भन्नुपर्यो भन्नुभएको छ । अहिले देशको नागरिकहरु भड्काउने काम मात्रै भएको छ । यसैगरी उहाँले भ्रष्टाचार गर्ने कसैलाई पनि छुट्छैन् । भ्रष्टाचार गर्ने सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ । सबैको छानविन हुनुपर्छ अनि मात्रै देश बन्ने उहाँले भन्नुभएको छ । सकिन्छ भने सबै नेताहरुको संम्पति छानविन तथा शुद्धिकरण गर्नुपर्यो थापाले भन्नुभयो ।

सो क्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंण्डेलले सोच बदल्नुपर्नेमा जोड दिदै धेरै नकारात्मकताले मुलुकलाई हानि गर्ने बताउनुभयो । भ्रष्ट्राचारको आरोप लागेका नेतालाई मंन्चमा राखेर काग्रेसको शुद्धिकरण नहुने बताउदै कंण्डेलले पार्टीमा अराजकता फैलाउनेलाई दण्ड दिनुपर्ने बताउनुभयो । पार्टीका जिम्मेवार व्यक्ति बाटै भईरहेका आराजक क्रियाकलापलाई नियन्त्रण नगर्ने हो भने पार्टी बलियो नबने कंण्डेलको भनाई थियो ।
केन्द्रिय सदस्य सरस्वती अर्यालले नवलपरासीमा काग्रेस भित्र देखिएको गुटबन्धिको खेलको गन्ध बाहिर सम्म पुग्ने गरेको बताउदै पार्टी एक बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । काग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीलाई एक ढिक्का बनाएर जनतामा छाएको निराशा तोड्नुपर्नेमा जोड दिनुभयो । अहिले भ्रष्ट्राचार नियन्त्रण गरी ठुला विकास निर्माणका आयोजनाका काम समयमै सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको खनालको भनाई छ ।
सो क्रममा काग्रेस नेताहरु निमा गिरी, विक्रम यादव, भिम बहादुर थापा, वैजनाथ कलवार, उमेशचन्द्र यादव, कृष्ण नारायण श्रेष्ठ, दिपक भुषाल लगायतले बोल्नुभएको कृपा कौशल चौधरीले जानकारी दिनुभयो ।