Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियहमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन

हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन

- Advertisement -spot_img

एजेन्सी, भदाैं १८ । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । लगभग ७ लाख मानिसहरूले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय ¥यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । 

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो । जसमा करिव हजार २ सय व्यक्तिको मृत्यु भएको थियो भने लगभग २५० अन्यलाई पक्राउ गरिएको थियो । 
सिन्ह्वा/न्युज एजेन्सी  

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्