Wednesday, October 9, 2024
घरअन्तर्राष्ट्रियहमाससँग बन्धक सम्झाैता इजरायलकाे मन्त्रिपरिषद्‌बाट पारित

हमाससँग बन्धक सम्झाैता इजरायलकाे मन्त्रिपरिषद्‌बाट पारित

- Advertisement -spot_img

मंसिर ६ । इजरायलको मन्त्रिपरिषद्ले गाजामा हमासले बन्धक बनाएका केहीलाई रिहा गर्ने सम्झौता अनुमोदन गरेको छ । बुधबार बिहानसम्म चलेको लामो बैठकपछि इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेको बीबीसीले जनाएको छ । सम्झौताको विस्तृत विवरण आउन बाँकी छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता चाँडै टुंगाेमा पुग्ने आशा व्यक्त गरेका थिए । अस्थायी युद्धविरामको बदलामा हमासले केही बन्धकहरूलाई मुक्त गर्ने सम्झौता भएको बताइएको छ । 

यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको बताएका समाचार आएकाे थियाे । सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टाइनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने उल्लेख छ ।

गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको भयानक आक्रमणपछि सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २ सय ४० बन्धकहरूलाई गाजामा लगिएको थियो । आक्रमणमा करिब १ हजार २ सय मानिस मारिएका थिए, जसमा अधिकांश सर्वसाधारण थिए । 

सोही दिनदेखि इजरायलले थालेको आक्रमणमा गाजा पट्टीमा कम्तीमा १४ हजार मानिस मारिएका छन् । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको अभियानमा ५ हजार भन्दा बढी बालबालिकासहित १४ हजार भन्दा बढी मानिस मारिएको जनाएको छ ।  शिलापत्र अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्