Saturday, May 24, 2025
घरअपराधहत्या कसुरमा बुबा छोरीलाई तीन वर्ष कैद सजाय

हत्या कसुरमा बुबा छोरीलाई तीन वर्ष कैद सजाय

- Advertisement -

सप्तरी, भदौ २७ गते । सप्तरीमा एक जना शिक्षकको हत्या कसुरमा बुबा र छोरीलाई तीन वर्ष कैद सजाय भएको छ । जिल्लाको तिरहुत गाउँपालिका–२ पिपराही गोइठी घर भइ राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय जयकृष्ण बिराजीको हत्या कसुरमा राजविराज नगरपालिका–७ की २५ वर्षीया सन्तोषीकुमारी यादव र उहाँका बुबा ५० वर्षीय बिन्दु भनिने बिन्देश्वर यादवलाई जनही तीन वर्ष कैद सजाय सुनाएको हो ।

सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपित सन्तोषीकुमारी र बिन्देश्वरलाई कसुरदार ठहर गर्दै जनही ३० हजार रुपियाँ जरिवाना तिराउने र एक हजार दुई सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने समेत फैसला भएको छ । कसुर ठहर भएका आरोपितहरूले पीडित पक्षलाई एक लाख रुपियाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ ।

अन्य आरोपितहरू सप्तरीको राजविराज नगरपालिका–७ का वडाअध्यक्ष ४० वर्षीय टुनटुन भनिने सुभाषचन्द्र यादव, ३५ वर्षीय श्रवण कुमार महतो, ३१ वर्षीय प्रेम भनिने योगेशकुमार देव, ३० वर्षीय कमलु भनिने कमलदेव यादव, २७ वर्षीय शशी आनन्द देव र २३ वर्षीय प्रमोदकुमार यादवले अभियोग दावीबाट सफाइ पाएका छन् ।

राजविराज नगरपालिका–७ खर्साल टोलमा गत २०७६ साल असार ९ गते राति आठ जनाको समूहले गरेको कुटपिटबाट मृत्यु भएको भन्दै पीडितका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा ०७६ असार ११ गते उजुरी दिनुभएको थियो । कुटपिटबाट गम्भीर घाइते बिराजीको नोबेल अस्पताल बिराटनगरमा ०७६ असार ११ गते दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो । शवको बिराटनगरस्थित कोशी अस्पतालमा ०७६ असार ११ गते पोष्टमार्टम भएको थियो । आरोपितहरूविरुद्धको उजुरी ०७६ असार १२ गते दर्ता भएको थियो ।

पिस जोन मोडेल स्कुलको होस्टलमा वार्डेन समेत रहेका शिक्षक बिराजीलाई केटी साथी भेट्न ०७६ असार ९ गते राति राजविराज नगरपालिका–७ खर्साल टोल पुगेका बेला स्थानीय युवाहरूको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका थिए । उपचारकै क्रममा शिक्षकको मृत्यु भएपछि आरोपितहरू फरार भएका थिए ।

आरोपित श्रवणलाई ०७७ चैत ५ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट गिरफ्तार गरेको थियो । अदालतमा ०७७ चैत २९ गते अभियोगपत्र दायर भएकोमा उनी चैत ३० गते दुई लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए । आरोपित सुभाष ०७८ जेठ ४ गते गिरफ्तार भएकोमा न्यायाधीश प्रेमबहादुर न्यौपानेको जेठ १० गतेको आदेशले तीन लाख रुपियाँ धरौटीमा रिहा भएका थिए । आजको गोरखापत्रमा छापिएको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्