काठमान्डाैं, फागुन ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई बर्खास्त गर्न माग गरीएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेकाे छ
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मन्त्री बस्नेतलाई पनि बर्खास्त गर्न माग गर्नु भएकाे छ । टेरामक्स प्रकरणमा मन्त्री बस्नेतको नाम मुछिएको छ ।
यस्तै, सचेतक बर्तौलाले लुम्बिनीको रामग्राम क्षेत्रमा घरबेटीका छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्री सुदन किराँतीले पनि जिम्मेवारी लिनुपर्ने र राजीनामा दिनुपर्ने बताउनु भयाे । यसअघि एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पनि राजीनामा मागेको थियो । शिलापत्र अनलाइन