Sunday, March 16, 2025
घरअपराधस्रोत नखुलेको साढे १६ लाख सहित मानिस पक्राउ

स्रोत नखुलेको साढे १६ लाख सहित मानिस पक्राउ

- Advertisement -

परासी, कात्तिक १६ । पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं. ७ उजैनी स्थित परासी महेशपुर सड्क खण्ड बाट पक्राउ गरिएको हो ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नं. २ वस्ने २५ वर्षिय ईमरान खानलाई चेकजाँच गर्दा १६ लाख ५० हजार नेपाली रुपैयाँ सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताएका छन् । लु ९० प ७८८५ नं. को पल्सर मोटरसाईकलमा महेशपुरबाट परासी तर्फ आउँदै गरेका इमरानलाई प्रहरीले चेकजाँच गर्दा कालो रंगको झोलामा उक्त रकम फेला परेको हो ।

यस्तै उक्त रकम र मोटरसाईकल सहित आवश्यक कार्यावाहीको लागि भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको र थप अनुसन्धान समेत भईरहेको सूचना अधिकारी बोहराले भने । पछिल्लो समय यस्ता गतिविधीहरु पश्चिम नवलपरासीमा बढदै गएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्