Sunday, January 19, 2025
घरपाल्हिनन्दनस्थानीय तहको विद्यालयमा प्रहरीको पाठ्यसामग्री पढाईने

स्थानीय तहको विद्यालयमा प्रहरीको पाठ्यसामग्री पढाईने

- Advertisement -spot_img

परासी, चैत्र १ । पश्चिम नवलपरासीको स्थानीय तहहरु ले विद्यालयहरु मा प्रहरीको पाठ्यसामग्री पढाउने भएका छन् । जिल्लाको दुई पालिकामा प्रहरीको पाठ्यसामग्री लाई सवावेश गरि अध्यापन गराईने भएको छ ।

पश्चिम नवलपरासीका पालिकाहरुले विद्यालयहरु मा कक्षा एक देखि आठ सम्म स्थानीय पाठ्यक्रम लागू गरेका छन् । यसैविच जिल्ला प्रहरी कार्यालयले पनि रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा आफ्नो पाठ्यसमाग्री समावेश गरि अध्यापन गराउनका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरेर अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनु भएको छ । पहिलो चरणमा दुई पालिका संग समझदारी भएर ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’मा उल्लेख भएका विषयहरु अध्यापन गराइने छ । चैत्र महिना भित्र बाँकी पाँच पालिका संगपनि सहमति गरि जिल्लाको सबै पालिकामा सो पाठ्यसमाग्री लागू गरिने एसपी आचार्यले भन्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’मा लागूऔषध, घरेलुहिंसा, साइबरअपराधसहित विभिन्न सामाजिक अपराधहरु, सामाजिक सद्भाव, विपद् जोखिम न्यूनीकरण र ट्राफिक व्यवस्थापनलगायतका विषय समावेश गरिएको छ । पुस्तकमा अपराधविरुद्ध उजुरी गर्ने तरिका र रोकथामका उपाय पनि समावेश छन् । यसले गर्दा स्थानीय स्तरमा हुने अपराध न्यूनीकरण र रोकथामसँगै सामाजिक सम्बन्धलाई मजबुत गराउने प्रहरीले अपेक्षा लिइएको छ ।

यसैविच सहमति पत्रमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, सहित एसपी आचार्य, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, नगरपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर खनाल र सरस्वती माविका प्रधानाध्यापक दयानन्द चौधरीले हस्ताक्षर गर्नु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्