परासी, साउन २५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले वार्षिक प्रगति समिक्षा गरेको छ । आ.व. २०८०÷०८१ म सम्पन्न गरेका भाैतिक विकास तगा सामाजिक क्रियाकलापहरुको समिक्षा गरेको हाे ।


गाउँपालिकाले विहिवार जनप्रनिधि तथा स्थानीय राजनितिक दलका प्रतिनिधिहरूकाे उपस्थितिमा गत आर्थिक वर्षमा सम्पादन गरेको कार्यक्रमहरुको वारेमा समिक्षा संगै सुझाव पनि संकलन गरेको हो । पालिकाले स्थानीय स्तरमा गर्दै आएकाे विकास निर्माण तथा सामाजिक परिवर्तनका कार्यक्रममा स्थानीय राजनीतिक दलका सुझावलाई समेत अध्ययन गरि अगाडि बढने तरिकाले समिक्षा गरेकाे हाे ।

गाउँपालिकाले सम्पादन गरेको क्रियाकलापहरुको प्रगति विवरण सर्वाजनिक गर्नका लागि प्रत्येक वाडको प्रगति तथ्यांक सार्वजनिक गरेको छ । यसैगरी पालिकाका सम्पूर्ण शाखा प्रमुखहरुले पनि आफ्नो शाखा विवरणहरु प्रस्तुत गरेका थिए । गत आ.व.मा गाउँपालिकाले विनियोजन गरेको उन्नपचास करोड छिहत्तर लाख सत्ताईस हजार ४ सय ३३ रुपैयाँ बजेटको ८२.९१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिकाले जनाएको छ । उक्त आ.व.मा गाउँपालिकाले अध्यक्ष नमुना सड्क समेत निमार्ण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले गत आ.व.मा ५.३ किलोमिटर कालोपत्र, २.८ किलोमिटर पिसिसी र ४.१ किलोमिटिर ग्राभेल सड्क निमार्ण गरिएको बताउनु भएको छ । यसैगरी कृर्षिमा पनि उल्लेखनिए कार्यभएको छ । ५० प्रतिशत लागत साझेदारीमा कृषि विधुतिकरण अन्तर्गत मोटर वितरण, कृषि सड्क निमार्ण र १ सय ३ वटा बोरिङ्ग जडान समेत भएको गाउँपालिकाले जनाएको छ ।

यसैविच समिक्षा कार्यक्रमा स्थानीय राजनितिक दलका प्रतिनिधिहरु ले गाउँपालिकाले मुख्य आवश्यकताको आधार विकास गर्न आवश्यक रहेको सुझाव दिएका छन् । उनीहरुले गाउँपालिकाले गर्ने राम्रो काममा साथ सहयोग सहित गलत काममा निगरानी गर्दै प्रति प्रतिपक्षको भुमिका निर्वाह गर्ने जनाएका छन् ।


गाउँपालिकाले चालु आ.व.मा चौसठी लाख उनानसय हजार बजेट विनियोजन गरेको छ । चालु बजेट गाउँपालिकाले आवश्यकताको आधारमा प्राथ्मिकरण गरेको जनाएको छ ।