Thursday, January 16, 2025
घरसमाचारसुनवलदेखि बर्दघाटसम्म २२० केभी प्रसारण लाइन सञ्चालन

सुनवलदेखि बर्दघाटसम्म २२० केभी प्रसारण लाइन सञ्चालन

- Advertisement -spot_img

परासी, पुष १८ । नवलपरासीको सुनवलदेखि बर्दघाटसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित न्यु–बुटवल सव–स्टेसनबाट बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरी परिक्षण (चार्ज) गरेर सञ्चालनमा ल्याइएको हो ।

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सव–स्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारण लाइनलाई चार्ज गरेर परीक्षण गरिएको छ । न्यु– बुटवल–बर्दघाट प्रसारण लाइन सञ्चालनमा आएसँगै न्यु–बुटवल सव–स्टेसनबाट हेटौंडासम्म २२० केभी प्रसारण लाइनको पूर्वाधार संरचना तयार भएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत भार बोक्न सक्ने छ । मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन हुँदै नयाँ भरतपुर सव–स्टेसनमा समाहित हुने छ । भरतपुरबाट पूर्व–पश्चिम विद्युत प्रवाहका लागि २२० केभीको मेरुदण्ड तयार भएको र यसबाट भोल्टेजमा सुधार भई समग्र प्रणालीको विश्वसनीयता बढ्ने सव–स्टेसनले जनाएको छ ।

भरतपुर स्टेसनबाट विद्युतलाई हेडौंडा र न्यु–बुटवलतर्फ पठाउन सकिने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट प्रसारणलाईन झन्डै एक अर्बको लागतमा निर्माण गरिएको न्यु– बुटवल सव–स्टेशनका प्रशासन प्रमुख अशोक पोखरेलले जानकारी दिनुभयो । यो प्रसारण लाइन निर्माण भएपछि साना तथा ठूला विद्युत उत्पादनलाई वितरण गर्न सहज हुनेछ ।

स्टेसनले २२० केभीएसम्मको क्षमताका कुश्मा, भरतपुर, बुटवल र बर्दघाट सव–स्टेसनसँग विद्युत सम्पर्क स्थापित भएको छ । । कालिगण्डकी र यस आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्