काठमाडौँ, चैत ८ । सुनकाे मूल्यमा फेरी साढे दुई हजार बढेकाे छ । स्थानीय बजारमा छापावाला सुनकाे मूल्य प्रति ताेला दुई हजार ६ सयका दरले वृद्धि भएको छ ।
बुधबार प्रति तोला सुन रु. एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु. एक लाख २७ हजार आठ सय तोकिएको छ । यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु. एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु. एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीमा पनि मूल्य बढेकाे छ । बुधबार प्रति तोला रु. एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रति तोलामा रु. ३५ ले वृद्धि भएको छ ।