Saturday, May 24, 2025
घरसमाचारसुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

- Advertisement -

धनगढी, माघ ६ । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै छ । अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।

त्यसपछि अनिश्चित समयका लागि स्थगित बैठक आज बोलाइएको छ । पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची  छ ।

यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिनुभयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्