Sunday, January 19, 2025
घरराजनीतिसुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी

- Advertisement -spot_img

धनगढी, साउन २१ । नयाँ सरकार गठनको बाटोमा अगाडि बढेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय भागबन्डाको रस्साकस्सी चलेको छ । 

काँग्रेसले दुई, नेकपा (एमाले) ले तीन र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सङ्ख्यामा सहमति भए पनि पावर सेयरिङ्गमा विवाद देखिएको छ । खास गरेर मन्त्रालयको विषयमा टुङ्गो नलाग्दा शपथ ग्रहणको समय निश्चित नभएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताउनुभयो ।  

“मन्त्रालय लिने सङ्ख्यामा कुनै विवाद छैन, तर पावर सेयरिङ्गको विषयमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो,“बिहान ११ बजेसम्म सबै कुराको टुङ्गो लागे मुख्यमन्त्री र मन्त्रीहरूको शपथ ग्रहण चाँडै हुन्छ ।” 

मन्त्रालय टुङ्गो नलागेका कारण मन्त्री क–कसलाई पठाउने भन्ने पनि टुङ्गो लागेको छैन । नेपाली काँग्रेसको हकमा सिनीयर व्यक्तिहरू मन्त्री बन्नु पर्ने मुख्यमन्त्री कमलबहादुर शाहको चाहना रहेको सुनारले बताउनुभयो । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्