Friday, May 23, 2025
घरसमाचारसुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

- Advertisement -

नवलपरासी, वैशाख ९ । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। 

अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्। पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताउनुभयो। 

दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो। त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो। दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्