Saturday, July 13, 2024
घरअपराधसीमा नजिकै एक महिलाको गोली हानी हत्या

सीमा नजिकै एक महिलाको गोली हानी हत्या

- Advertisement -spot_img

जनकपुरधाम,७ साउन । नेपाल-भारत सीमा नजिकै एक महिलाको गोलि हानी हत्या भएको छ । नेपाल भारत सिमा छेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी महिलाको गोली हानी हत्या भएको हो ।

महिलालाई मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले गोलि हानेको स्थानिय ले बताएका छन् । अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गर्ने भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । हत्तीया गरिएकी महिलाको पहिचान खुलेको छैन । महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् । स्रोत Ratopati

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्