काठमाडौं, साउन १८ । काठमाडौंकाे सिनामंगलस्थित झर्ना गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की मृत भेटिएकाे काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएकाे छ ।
उहाँका अनुसार भरत झुण्डिएकाे र करिष्मा भुइँमा लडेकाे अवस्थामा मृत भेटिएकी हुन् । शुक्रबार बिहान १२ बजेसम्म पनि खाना खान नआएपछि हाेटेलका कर्माचारी बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीकाे राेहबरमा ढाेका फाेडेर हेर्दा उनीहरू मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले जानकारी दिनुभएकाे छ ।