परासी, माघ २१ । पश्चिम नवलपरासीमा सिटिजन्स बैंकले ट्राफिक समाग्री वितरण गरेको छ । जिल्लाको महेशपुरमा रहेको सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड शाखाले प्रहरीलाई उक्त समाग्रीहरु वितरण गरेको छ ।
बैंकले ईलाका प्रहरी कार्यालय महेशपुर लाई ट्राफिक चेकिङ्ग समाग्री वितरण गरेको बैंकका म्यानेजर उमेश यादवले बताउनु भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समाग्रीहरु वितरण गरिएको म्यानेजर यादवले बताउनु भएको छ । जिल्लामा ट्राफिक सचेतना फैलाउन र विभिन्न ठाउँहरुमा चेकजाँच गर्नका लागि समाग्रीहरु वितरण गरिएको हो । जस्मा १० थान ट्राफिक कोन, ५ थान चेकिङ्ग बोर्ड र ४ थान नक्सा वितरण गरिएको उहाँले बताउनु भएको छ ।