Sunday, January 19, 2025
घरराजनीतिसिआइबीको टोली रास्वपा कार्यालयमा 

सिआइबीको टोली रास्वपा कार्यालयमा 

- Advertisement -spot_img

काठमाडौं, कार्तिक २ । कास्की अदालतबाट पक्राउ गर्ने अनुमति पाएसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली काठमाडौंमा पुगेको छ । 

कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी पछि उनलाई पक्राउ गर्न प्रहरी रास्वपा पार्टी कार्यालय पुगेकाे छ ।

कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् । त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।

कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएको छ । सिआइबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वको टोली केहीबेर अघि कार्यालयमा प्रवेश गरेको छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्