काठमान्डाैं, भदाै १२ । साफ यू- २० च्याम्पियनसिपको फाइनल खेल आज नेपाल र बंगलादेश खेल्दैछ। उपाधिका लागि दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ।
सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। नेपालले समूह चरणमा बंगलादेशलाई पराजित गरिसकेकाले उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बंगलादेश भने समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।