Thursday, January 16, 2025
घरखेलकूदसाफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

- Advertisement -spot_img

काठमाडौं, भदौ १ । नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् । 


आईतवारबाट नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ । दशरथ रंगशाला खेल्नयोग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समय खेल स्थल सारेको हो । शनिवार भएको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन भारतसहित नेपाल र बंगलादेश उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरे । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा पनि घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताउँछन् । 


नेपालका प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र सोहीअनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद् ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले गत संस्करण यु–१९ खेलेका ११ खेलाडी अहिले टोलीमा रहेको उल्लेख गरे । एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले अनुभवी टोली बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ । जहाँ प्रशिक्षण ग¥यो त्यही मैदानमा खेल हुँदा त्यसको फाइदा मिल्ने नेपाली टोलीको विश्वास छ ।


नेपाल यु–२० टोलीका कप्तान कुशल देउवाले हाल टोलीमा अधिकांश यु–१७ बाट खेलेका एउटै ब्याचका खेलाडी भएकाले टिम कम्बिनेन्स मिलेको बताए । साथै उनले तयारी पनि राम्रो भएकाले सुखद् नतिजा दिलाउने विश्वास व्यक्त गरे । उनले पछिल्लो सिजनका तुलना यसपल्ट आफ्नो टोलीले राम्रो एक्सपोजर पनि पाउनु सुखद् पक्ष रहेको उल्लेख गरेका छन् । न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्